पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा शपथ ग्रहण |

काठमाडौं (आपास) । पोखरा फाइनान्सका नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैङ्क पोखरा शाखाका कामु निर्देशक अमर अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
फाइनान्सको हालै सम्पन्न २१औं वार्षिक साधारणसभापछि सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।