सनराइजको मिसकल बैंकिङ सेवा |
काठमाडौं (आपास) । सनराइज बैंकले मिसकल बैङ्किङ सेवा सञ्चालन गरेको छ । बैंकले ग्राहकलाई सरल एवम् सहज बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले सञ्चालन गरेको यो सेवा विभिन्न नम्बरमा मिसकल गरी प्राप्त गर्न सकिनेछ । ९८५११४७२७३ मा मिस कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिन, ९८५१११७२७२ मा मिसकल गरी मोबाइलमा रिचार्ज गर्न, ९८५१११७२७५ मा मिसकल गरी खाताको अन्तिम चार कारोबारको जानकारी लिन र ९८५११८७२७४ मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाबारे जानकारी लिन सकिने बैंकले जानकारी दिएको छ ।
मिसकल बैङ्किङ सुविधा लिन ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैङ्किङ सेवामा दर्ता गरिएको हुनुपर्ने बैंकले जानकारी दिएको छ ।