एभरेष्टद्वारा बूढानीलकण्ठ मन्दिरलाई डष्टबिन प्रदान |
एभरेष्टद्वारा बूढानीलकण्ठ मन्दिरलाई डष्टबिन प्रदान
काठमाडौं (आपास) । एभरेष्ट बैंकले बूढानीलकण्ठ मन्दिरलाई डष्टबिन सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
बुधवार मन्दिर परिसरमा आयोजित एक कार्यक्रमबीच पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एलबी प्रभाकरले मन्दिरको व्यवस्थापन समितिलाई ती डष्टबिन हस्तान्तरण गरेका हुन् । बैंकले हाल ८० शाखा, ७ एक्सटेन्शन काउण्टर, २८ राजस्व संकलन काउण्टर र १ सय १३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।