पञ्चोदया सेकेण्डरी स्कूल छानियो राष्ट्रियस्तरको फाइनलमा |
काठमाडौं । ‘रियल स्कूल अफ नेपाल २०१८’ अन्तर्गतको पाँचौं क्षेत्रीय फाइनल बुधवार सम्पन्न भई पञ्चोदया सेकेण्डरी स्कूल राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ । विद्यालयका प्रविन चन्द, शैलजा जोशी, सुशील बीके, निरुता कुदमल, आरती कठरिया र युवराज थापाले अब राष्ट्रिय फाइनलमा अन्य क्षेत्रीय फाइनलका विजयीसँग प्रतिस्पर्धा गर्ने डाबर नेपालले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीलाई सिनियर र जुनियर समूहमा विभाजन गरी विभिन्न प्रतियोगिता गराइएको थियो । प्रतियोगिताको छैटौं क्षेत्रीय फाइनल प्रतियोगिता आगामी सोमवार पश्चिमाञ्चलको बुटवलमामा हुनेछ । यसैबीच, कम्पनीले प्रतियोगिताकै अवसरमा विगतदेखि दिँदै आएको २५ हजार रुपैयाँबराबरको छात्रवृत्ति धनगढीबाट छात्रतर्फ विक्रम लामा र छात्रातर्फ पवित्रा बोहरालाई प्रदान गरेको छ ।