जनरल निर्जीवन बीमा कम्पनीद्वारा कारोबार शुरू गर्यो |
काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनीले बुधवारदेखि आफ्नो कारोबार शुरू गरेको छ । कम्पनीका अध्यक्ष कुनाल क्यालले राजधानीको हात्तीसारमा रहेको कर्पोरेट कार्यालयको उद्घाटन गर्दै औपचारिक रूपमा कारोबार सञ्चालन गरेका हुन् ।
यो कम्पनीको कारोबारसँगै नेपालमा निर्जीवन बीमा कम्पनीको संख्या १८ पुगेको छ । कम्पनीको कुल चुक्तापूँजीमध्ये ७० प्रतिशत संस्थापकको र ३० प्रतिशत सर्वसाधारणको रहनेछ । कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने महाप्रबन्धक एसके तमोटले बताए । उनले कम्पनीले ६ महीनाभित्र ४५ ओटा शाखा कार्यालय खोल्ने तयारीमा रहेको जानकारी दिए । साधारण शेयर जारीपछि कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । यस कम्पनीमा बैङ्क तथा वित्तीय संस्था, प्रतिष्ठित व्यापारिक घराना र अन्य व्यक्तिहरू गरी १ सय ८२ जना संस्थापक शेयरधनीको लगानी रहेको छ ।
महाप्रबन्धक तमोटले कम्पनीले निकट भविष्यमै बीमा व्यवसायलाई सर्वसाधारण जनताको घरदैलोसम्म पु¥याउने लक्ष्य लिएको बताए । उनले आगामी दिनदेखि नेपालीका लागि बीमाका नयाँनयाँ प्याकेज लिएर देशभर शाखा सञ्जालमार्फत सेवा विस्तार गरिने बताए ।