कुमारी र ओम अस्पतालबीच सहकार्य |
काठमाडौं (आपास) । कुमारी बैङ्क र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच हालै एक सम्झौता भएको छ । आप्ना ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले सो सम्झौता भएको हो । बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै कुमारीका ग्राहक तथा कर्मचारीले ओम अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा छूट प्राप्त गर्न सक्नेछन् । यसअघि बैङ्कले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालका साथै नर्भिक, ग्राण्डी, वयोधा, चिरायु, अल्का, नेपाल मेडिसिटी, मनकामना अस्पताल र के ल्याबलगायतसँग यस्तो सम्झौता गरिसकेको छ ।