एभरेष्टद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग |
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले सतुङ्गलमा रहेको विष्णुदेवी शिक्षा सदनमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमको निरन्तरतास्वरूप उक्त सहयोग गरेको हो ।
मङ्गलवार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच पञ्जाव नेशनल बैङ्कका कार्यकारी निर्देशक एलबी प्रभाकरले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् । बैङ्कले हाल ८० शाखा, ७ एक्सटेन्शन काउण्टर, २८ राजस्व सङ्कलन काउण्टर र १ सय १३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।