सेञ्चुरीका चार नयाँ शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । सेञ्चुरी कमर्शियल बैंकले थप चार शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैंकले सुनसरीको चतरा र झुम्का, मोरङको रङ्गेली र झापाको चन्द्रगढीमा शाखा स्थापना गरेको छ । ती शाखाको मङ्गलवार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।
थप शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको उनको भनाइ थियो ।