विद्युत् प्राधिकरणको तनहुँमा रू. ३६ लाख विद्युत् महशुल वक्यौता |
तनहुँ (आपास) । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको विभिन्न सरकारी तथा निजीसमेतको गरी झण्डै नेपाल ३५ लाख ९५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी रहेको छ । विद्युत् महशुल नबुझाउनेमा सरकारी कार्यालय नै बढी रहेको कार्यालयले बजानकारी दिएको छ ।
केन्द्रका अनुसार विद्युत् महशुल नबुझाउनेमा सबैभन्दा बढी दमौली अस्पतालको २० लाख २७ हजार रुपैयाँ बाँकी रहेको छ । जिल्ला अदालत तनहुँले १ लाख ४३ हजार र जिल्ला खेलकुद विकास समितिले ९२ हजार रुपैयाँ बुझाएको छैन । व्यास नगरपालिकाले पनि आफ्नो स्वामित्वमा रहेका सटरको १ लाख ५१ हजार रुपैयाँ बक्यौता बुझाएको छैन । विद्युत् महशुल नतिरेका २ सय ४२ प्रयोगकर्ताको लाइन काटेपछि ४४ लाख २७ हजार रुपैयाँ उठाएको केन्द्रका प्रमुख शिव गोशलीले बताए ।