भीएलएनका श्रेष्ठ धरौटीमा रिहा |
काठमाडौं । स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी ठगी गरेको आरोप लागेका भीएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ १२ लाख रुपैयाँ धरौटी राखी मङ्गलवार रिहा भएका छन् । सरकारले उनलाई २ करोड ७५ लाख २२ हजार रुपैयाँ ठगी गरेको आरोप लगाई ३ दिनअघि मुद्दा दायर गरेको थियो । न्यायाधीश धनसिंह महराको इजलाशले उनीसँग १२ लाख रुपैयाँ धरौटी माग गरेको थियो । इजलासले उक्त धरौटी राखे रिहा गर्न र नराखेमा नियमबमोजिम थुनामा पठाउन आदेश दिएपछि उनले सो रकम नगदै जम्मा गरी रिहा भएका हुन् ।
यसअघि झण्डै ३ अर्ब ठगी गरेको आरोप लागेका श्रेष्ठसँग काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको थियो । सो रकम धरौटीस्वरूप राखेपछि रिहा हुनासाथ पुनः श्रेष्ठलाई पक्राउ गरी ललितपुर पु¥याइएको थियो ।