सिद्धार्थ बैंकको एटीएम २४सै घण्टा |
हेटौंडा (आपास) । सिद्धार्थ बैंकले हेटौंडामा २४सै घण्टा एटीएम सेवा शुरू गरेको छ । बैंकले ग्राहकको मागलाई ध्यानमा राखी हेटौंडाको नारायणी मलमा रात्रिकालीन एटीएम सुविधासमेत शुरू गरिएको बैंकले जानकारी दिएको छ ।
हालसम्म हेटौंडामा बैङ्कहरूले रातको समयमा सेवाग्राही नआउने र असुरक्षाको कारण देखाउँदै राति १० बजेसम्म मात्र एटीएम सेवा दिँदै आएका छन् ।