लान्तीमा नेपाल इण्भेष्टमेण्टको शाखा |
काठमाडौं (आपास) । नेपाल इन्भेष्टमेण्ट बैंकले सल्यानको छत्रेश्वरी गाउँपालिकास्थितको लान्तीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकिङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।
योसँगै बैंकको शाखा संख्या ७२ पुगेको बैंकले जानकारी दिएको छ । लान्ती शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकको विश्वास छ ।