एभरेष्टको नयाँ शाखा सीतापाइलामा |
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले विभिन्न स्थानमा शाखा सञ्चालन गर्ने क्रममा हालै काठमाडौंको सीतापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सोमवार पञ्जाव नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैङ्कका निर्देशक एलभी प्रभाकरले उद्घाटन गरेका हुन् ।
सीतापाइला शाखा सञ्चालनले त्यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंकले बताएको छ ।
बैङ्कले हाल ८० शाखा, ७ एक्सटेन्सन काउण्टर, २८ राजस्व संकलन काउण्टर र १ सय १३ एटीएम मेशिनमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।