भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा |
काठमाडौं (आपास) । सबै तहमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका–७, भकुण्डेबेंसीमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले उद्घाटन गरेका हुन् ।
नयाँ शाखाको उद्घाटनसँगै अब बैंकका जम्मा शाखा संख्या १ सय ९३ पुगेको छ । भकुण्डेबेंसी शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको भनाइ छ । बैङ्कले नयाँ सम्भाव्य क्षेत्रमा शाखा स्थापना गरी दिगो आर्थिक विकासका लागि वित्तीय पहुँच विस्तार गर्ने बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैङ्कले जानकारी दिएको छ ।