विश्वकपका अवसरमा हाइसेन्सको छूट |
काठमाडौं (आपास) । नवीन डिष्ट्रिब्युटर्सले वल्र्डकप टबलका अवसरमा टीभीको खरिदमा छूट अफर सञ्चालन गरेको छ । नेपालका लागि हाइसेन्स ब्राण्डको आधिकारिक वितरक उक्त कम्पनीले विश्वकपका अवसरमा ‘हाइसेन्स वल्र्डकप २०१८ एक हैन, दुई हैन, तीन अफर’ सञ्चालन गरेको हो ।
योजनाअन्तर्गत हाइसेन्सको ३२ इञ्च वा सोभन्दा माथिको टीभी खरिदमा ग्राहकले ३० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै, यो योजनामा स्क्य्राच कार्डमार्फत थप नगद वा राइस कुकर, भ्याकुम क्लिनरलगायत गिफ्ट ह्याम्परसमेत पाउन सकिनेछ । यसका साथै भाग्यशाली विजेताले गोलाप्रथाबाट बम्पर पुरस्कारमा साइड वाइ साइड रेफ्रिजेरेटर, सिङ्गल डोर रेफ्रिजेरेटर, वासिङ मेशिन अथवा टेलिभिजन उपहार पाउने कम्पनीले जानकारी दिएको छ ।