सीजीद्वारा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा |
काठमाडौं (आपास) । चौधरी फाउण्डेशनले तीनओटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपुरका विद्यालयमा स्थापित डिजिटल क्लास रूमको शनिवार उद्घाटन गरेका हुन् ।
सूचना प्रविधिमा आधारित विश्वव्यापी अध्ययन÷अध्यापनको पहुँचमा नेपाली बालबालिका पनि पुग्न सकून् भन्ने उद्देश्यले कम्पनीले ती विद्यालयमा सो अवधारणा कार्यान्वयनमा ल्याएको हो । कम्पनीले नवलपुरका शान्ति सृृजना आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय र सिन्धुपाल्चोकको महाकाली माध्यमिक विद्यालयमा त्यस्तो अवधारणा ल्याएको हो ।
पहिलो चरणमा कम्पनीले प्रत्येक विद्यालयले सातओटा ल्यापटप, चारओटा डेक्सटप, ३२ इञ्चको एउटा एलजी टेलिभिजन र प्रोजेक्टर प्रदान गरेको छ ।