पेट्रोलियम पदार्थको मूल्य घट्यो |

काठमाडौं (आपास) । नेपाल आयल निमगले डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ । निगमले अन्न्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि पेट्रोलमा लिटरमा तीन रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई, दुई रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य आइतबार राति १२ बजेबाट कार्यान्वयनमा आएको निगमले जानकारी दिएको हो ।