सिटिजन्स र ओम हस्पिटलबीच सम्झौता |

काठमाडौं (आपास) । सिटिजन्स बैंकका ग्राहकले अबदेखि गुणस्तरीय उपचारमा सहुलियत पाउने भएका छन् । बैंकले ओम हस्पिटल तथा रिसर्च सेण्टरसँग सोसम्बन्धी सम्झौता गरेसँगै ग्राहकहरुले त्यस्तो सहुलियत पाउने भएका हुन् ।
बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले सोसम्बन्धी सहमतिपत्रमा शुक्रवार हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै बैंकका सिटिजन्स बैंकका ग्राहक तथा कर्मचारीले ओम हस्पिटलमा उपचार गराउँदा विशेष छूट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।