नेपालले अन्तरराष्ट्रिय नयाँ हवाई रूट पर्मिट पायो | जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट नयाँ हवाई रूट
काठमाडौं । नेपालले अन्तरराष्ट्रिय उडानका लागि नयाँ हवाई प्रवेश मार्ग पाउने भएको छ । नयाँ हवाई प्रवेश मार्गका लागि नेपालले भारतसँग धेरै समयदेखि माग गर्दै आइरहेको थियो । सो विषयमा बिहीवार र शुक्रवार काठमाडांैमा सम्पन्न वार्तामपति भारत सहमत भएको हो ।
वार्तामा पूर्वमा जनकपुर र विराटनगरबाट हवाई रूट पर्मिट दिन भारत सहमत भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरण र भारतीय उड्डयन प्राधिकरणबीच भएको छलफलले पूर्व र पश्चिममा विभिन्न ठाउँमा उडान सुरक्षा मूल्याङ्कन गरी यसलाई लागू गर्ने विषयमा सहमति भएको उनले बताए ।
दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउनेछ । यसका लागि दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा ती रूटबाट विमान नेपाल प्रवेश गर्न पाउनेछन् । यस्तै, पूर्वतर्पm काठमाडौं–जनकपुर–पटनाबीचको एकतर्फी रूटलाई दुईतर्फी बनाउने विषयमा पनि दुवै पक्षबाट सुरक्षा मूल्याङ्कन गरी लागू गर्ने सहमति भएको छ ।
पश्चिमतर्पm महेन्द्रनगर हुँदै कम उचाइमा उड्ने विमानका लागि मौजुदा काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रूटलाई दुईतर्फी दुवै पक्ष बसी सुरक्षा मूल्याङ्कन गरेर लागू गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।
त्यसैगरी, निर्माणाधीन गौतमबुद्ध, पोखरा र निजगढ अन्तरराष्ट्रिय विमानस्थलबाट बढी उचाइमा उड्ने मिवानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा २०१८ को सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्याङ्कन सम्पन्न गर्ने सहमति भएको छ ।
२ दिनसम्म चलेको वार्तामा नेपालका तर्पmबाट नागरिक उड्डयन प्राधिकरणका एयर नेभिगेशन क्षेत्रका उपमहानिर्देशक नरेन्द्रबहादुर थापासहित टोली र भारतीय एयर नेभिगेशन प्रमुख एके दत्तलगायतको टोलीेको सहभागिता थियो । दुई पक्षबीच भएको सहमति अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)मा पठाइने र त्यहाँबाट अनुमति पाएपछि रूट पर्मिट लागू हुने पोखरेलले बताए ।
नयाँ हवाई रूटसम्बन्धी यो सहमतिले नेपाल र भारतबीच सीमापार उडानलाई सहयोग पुग्ने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए । भारत हुँदै नेपाल प्रवेशका लागि हालसम्म बाराको सिमरा रूट मात्र प्रयोग हुँदै आएको छ । यसअघि नेपालले हिमालय रूट २ को माग गरे पनि अहिले भएको छलफल र सहमति त्यो रूटभन्दा फरक रहेको उपमहानिर्देशक पोखरेलले बताए ।