सिटिजन्सको सहयोग चितवन मानव सेवा आश्रमलाई |
काठमाडौं (आपास) । सिटिजन्स बैंकले चितवन मानव सेवा आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताएको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमङ्ग शर्माले आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेकी हुन् ।
‘योर पार्टनर फर प्रोग्रेस’ नाराका साथ बैङ्किङ सेवा पु¥याउँदै आएको सो बैंकले विभिन्न क्षेत्रमा यस्ता सहयोग गर्दै आएको बताएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।