ओप्पोको ‘समर सेल्फी कन्टेष्ट’ जूनमा |

काठमाडौं (आपास) । ओप्पोले ‘समर सेल्फी कन्टेष्ट’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त कन्टेष्टमा ओप्पोको कुनै पनि स्मार्टफोन खरीद गर्ने उपभोक्ता सहभागी हुन पाउने कम्पनीले बताएको छ ।
कन्टेष्टमा सहभागी हुनलाई ओप्पो फोनबाट सेल्फी खिचेर फेसबूक पेजमा ≈यासट्यागसहित अपलोड गर्नुपर्नेछ । पोष्ट गरिएका तस्वीरमध्ये सर्वाधिक लाइक पाउने २० जनालाई विजेता घोषित गरिने कम्पनीले जानकारी दिएको छ ।
दुई चरणमा हुने प्रतियोगिताको पहिलो चरण जुन ४ देखि १० सम्म सञ्चालन हुनेछ भने दोस्रो चरण जून ११ देखि १७ तारीखसम्म चल्नेछ । दुवै चरणबाट नेपाल भरका १०–१० जना विजेता घोषणा गरिने कम्पनीले जानकारी दिएको छ ।