ग्लोबल आईएमईका दुई शाखारहित बैङ्किङ सेवा |
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैङ्कले मकवानपुरको थाहा नगरपालिका– ९, चित्लाङ र मकवानपुरगढी गाँउपालिका–५, धादिङ बजारमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ ।
चित्लाङमा सञ्चालित सेवाको थाहा नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले उद्घाटन गरेका हुन् भने धादिङ बजारमा सञ्चालित सेवाको मकवानपुरगढी गाँउपालिका–५ का अध्यक्ष दीपबहादुर घिमिरेले उद्घाटन गरेका हुन् ।
बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्शन काउण्टर तथा शाखारहित बैङ्किङ सेवामार्पmत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यीसमेत गरी बैङ्कको शाखारहित बैङ्किङ सेवा ८९ पुगेको छ ।