बृहत् शैक्षिक मेला शुक्रवारदेखि |
चितवन (आपास) । शैक्षिक परामर्श सङ्घ, चितवनको आयोजनामा चितवनमा शुक्रवारदेखि तेस्रो बृहत् इक्यान शैक्षिक मेला हँुदै छ । मेलाको प्रदेश–३ का भूमिसुधार तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विद्यार्थीले एउटै स्थलमा सबै कलेज तथा विश्वविद्यालयबारे जानकारी पाऊन् भन्ने उद्देश्यले मेला आयोजना गरिएको सङ्घका अध्यक्ष भानुभक्त खरेलले बताए ।
चितवन औद्योगिक प्रदर्शनीमा हुने मेलाका सबै स्टल बुकिङ भइसकेको शैक्षिक मेला समितिका संयोजक सुवास गौतमले जानकारी दिए ।
मेलामा विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्षरूपमा भेट्न सक्ने तथा डकुमेण्ट्स पूरा भएका विद्यार्थीका लागि अन दि स्पट एड्मिशनको समेत व्यवस्था गरिएको उनले बताए ।
जेठ २७ गतेसम्म चल्ने मेलामा १० हजार विद्यार्थी सहभागी हुने अपेक्षा आयोजकको छ ।