अब आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट |

काठमाडौं आपास) । नेपाल आयल निगमको कार्यकारी निर्देशक अब खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक पद त्यस्तो प्रक्रियाबाट पूर्ति गरिने बताएका हुन् । यसअघि उक्त पदमा सरकारले नियुक्त गर्ने गरेको थियो । मन्त्री यादवले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बिहीवार राजीनामा दिएसँगै उक्त पद खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको जानकारी दिएका हुन् । उनले खड्काको राजीनामाले उक्त प्रक्रिया अघि बढाउन सहज भएको समेत बताए । कार्यकारी निर्देशक खड्काले आफूलाई आर्थिक अनियमितताको आरोप लागेर छवि नराम्रो भएपछि राजीनामा दिएका हुन् ।