म्याच फिक्सिङका आरोपीलाई सफाइ |
काठमाडौं (आपास) । विभिन्न अन्तरराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेका फुटबल खेलाडीलाई बिहीवार विशेष अदालतले सफाइ दिएको छ । उनीहरुलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले सफाइ दिएको हो ।
सफाइ पाउने खेलाडीहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, खेलाडीहरू विकास सिंह क्षत्री, रीतेश थापा, सन्दीप राई, अञ्जन केसी र टिम फिजियो डेजिब थापा रहेका छन् । सरकारले उनीहरूविरुद्ध सोही सालको कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।