१ सय ५० सीसी माथिका मोटरसाइकल अन्तशुल्क बढयो | कुन मोटरसाइकलको मूल्य कति पुग्छ ?
काठमाडौं । सरकारले १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्घि गरेको छ । नयाँ बजेटमार्फत बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढेको छ । पहिला सबै बाइकमा ४० प्रतिशत मात्रै अन्तशुल्क लाग्ने गथ्र्यो ।
बजेटमार्फत १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्तशुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर्याइएको छ । बजेटमा पाँच सय सीसी नाघेको तर ८ सय सीसी ननाघेको रेसिप्रोकेटिङ इण्टरनल कम्बसन प्रिष्टोन इन्जिन भएको बाइकमा ४० प्रतिशत अन्तशुल्क बढाएर ८० प्रतिशत पुर्याइएको छ ।
बजेटमा ८ सय सीसी नाघेको रेसिप्रोकेटिङ इन्टरनल कम्बसन पिष्टोन इन्जिन भएको बाइकमा ६० प्रतिशत बढाएर सय प्रतिशत अन्तशुल्क पुर्याएको छ । बाइकमा अन्तशुल्कको नयाँ व्यवस्थाले होन्डाको साइन,सिडी ११० ड्रिमको मूल्य यथावत हुनेछ भने होन्डाको सिबी हर्नेट १६० आर र सीबी युनिकर्न १६०को मूल्य बढ्नेछ । हिरोको स्प्लेन्डर प्रो,एचएफ डिलक्स,एचिभर १५०, सुपर स्प्लेन्डर,स्प्लेण्डर आइस्मार्ट ११०,स्प्लेन्डर प्लस,प्लेजर स्कुटर र ड्युट १ सय ५० सीसी भन्दा कमका बाइक हुन् ।
बाइकमा अन्तशुल्क निर्धारणले हिरोको बाइक बिक्री गर्नेलाई फाइदा हुने देखिएको छ । हिरोको करिज्मा र करिज्मा आर दुई सीसी माथिको बाइक हो । यामाहाको एफजेड एफ १,एफजेड एस एफ १,स्यालुटो,एसजेड(आरआर भर्सन २.०को मूल्य यथावत रहनेछ । यामाहाको फ्यासिनो र रे जेडको मूल्य यथावत रहनेछ। बाइकमा सीसी अनुसार अन्तशुल्क निर्धारणले सबैभन्दा बढी बजाजलाई समस्यामा पार्नेछ । पल्सरको २२० एफ,आरएस २००,एएस २००,१८०,एनएस२००,एनएस १६०को मूल्य बढ्नेछ ।
पल्सर एएस १५० र पल्सर १५०को मूल्य यथावत रहनेछ । डिस्कभर १५० एफ र डिस्कर १ सय २५ सीसीको मूल्य यथावत रहनेछ । एभेन्जर २२०को मूल्य बढ्नेछ भने १ सय ५०को यथावत रहनेछ। महिन्द्राको सेन्टुरो र प्यान्टुरोको मूल्य यथावत रहनेछ। टिभिएसको अपाचे १६० सीसीको मूल्य बढ्नेछ।टिभिएसको स्टारसिटीको मूल्य यथावत रहनेछ । बजाजको प्लाटिना बाइकको मूल्य यथावत रहनेछ ।यस्तै डुकाटी बाइकको मूल्य ६ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ ।