खानेपानी आयोजनामा सोलार जडान |
पर्वत (आपास) । बिजुलीबाट चल्दै आएको लिफ्ट प्रणालीको खानेपानी आयोजनामा सोलार प्लाण्ट जडान गरिएको छ । जिल्लाको कुश्मा नगरपालिका–१२, ठूलीपोखरीको लिफ्ट खानेपानी आयोजनामा सोलार प्लाण्ट जडान भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रू. २६ लाखकोे लागतमा सोलार प्लाण्ट जडान गरिएको उपभोक्ता समितिले जानकारी दिएको छ ।
एक घर एक धारा अवधारणाअनुसार ठूलीपोखरीमा खानेपानीको सुविधा पु¥याइएको छ । करीब ३ हजार ४ सय जनसङ्ख्या रहेको ठूलीपोखरीमा आयोजनाबाट ६५ प्रतिशत नागरिकलाई सहज खानेपानीको सुविधा पुगेको वडा कार्यालयले जानकारी दिएको छ ।