होटल पार्क भिलेज वाटर फ्रण्ट रिसोर्टको स्थलगत नापजाँच |
कास्की (आपास) । सरकारी छानबिन समितिले फेवातालको मापदण्डमा परेको भनिएको होटल पार्क भिलेज वाटर फ्रण्ट रिसोर्टको स्थलगत नापजाँच सकेको छ । समितिले रिसोर्टको नापजाँच सकेर आवश्यक प्रमाण र तथ्यहरू सङ्कलन गरी प्रतिवेदन तयार पार्ने तयारी थालेको हो । छानबिन समिति संयोजक एवम् कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीले ताल किनाराको वास्तविक भूभाग छुट्याएर रिसोर्टको नापजाँच गरेको र होटलबाट निस्कने पानीको नमूना परीक्षणका लागि काठमाडौं पठाइसकेको बताए ।