बुद्ध एयरले नेपालगंज-दिल्ली सिधा हवार्इ उडान गर्ने |

आर्थिक पाटी संवाददाता
नेपालगंज।बुद्ध एयरले नेपालगंज-दिल्ली सिधा हवार्इ उडान गर्ने भएको छ।आवश्यक पुर्वाधार र हवार्इ रुटको समस्या समाधान भएमा नेपालगंज-दिल्ली दैनिक तीनवटा उडान गर्ने कम्पनीले जनाएको छ।सोमबार नेपालगंजमा पत्रकार सम्मेलन गरेर कम्पनीले यो जानकारी दिएको हो।कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगंज-दिल्ली सिधा उडानका लागि गत सोमबार पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आवेदन दिएको जानकारी दिए।उनका अनुसार विहान सात बजे,दिउँसो १ बजे र वेलुकी साता बजे गरि तीनवटा उडानका लागि आवेदन दिइएको छ।कम्पनीले रुटमा समस्या समाधान गर्न सरकारसँग माग समेत गरेको छ।
बुद्ध एयरका अनुसार हाल नेपालगंजबाट भारत जादा रुटको समस्या नरहे पनि फर्किदा सिमरा हुँदै आउनुपर्ने पर्ने बाध्यता छ।‘नेपालगंज-दिल्ली सिधा उडान भर्नका लागि ‘लिमा ६६’भन्ने जुन रुट छ त्यसलार्इ दुर्इतर्फी बनाउनका लागि सरकारले पहल गर्नुपर्छ’उनले भने।बस्नेतका अनुसार नेपाल र भारतका वीचमा द्धिपक्षीय सहमति भैसकेको भन्ने जानकारी आएको छ। विमानस्थलमा इमिग्रेसन,कष्टम जस्ता पुर्वाधारहरु तयार गर्नुपर्ने बुद्ध एयरले जनाएको छ। त्यसै गरि आधिकारिक म्याप जेप्सनमा यो रुटको नक्सा पब्लिस हुनुपर्नेछ।