सनराइजको शाखा गोटीखेलमा |
काठमाडौं (आपास) । बैङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सनराइज बैङ्कले ललितपुरकोे महाँकाल गाउँपालिका–३, गोटीखेलमा शाखा सञ्चालन गरेको छ । बुधवार आयोजित एक कार्यक्रमबीच महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैङ्कका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । बैङ्कले हालै दार्चुलाको मार्माबाट सेवा सञ्चालन गरेको थियो
। गोटीखेल शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको विश्वास छ ।