प्रभुका थप दुई शाखा |
काठमाडौं (आपास) । प्रभु बैंकले थप दुई शाखा सञ्चालन गरेको छ । सङ्घीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ ती शाखा सञ्चालनमा ल्याएको बैंकले बताएको छ । बैंकले बुधवारदेखि इलामको सन्दकपुर गाउँपालिका–१ र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको हो ।
सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले सन्दकपुर शाखा र मुखियापट्टी मुसहरमिया गाउँपालिकाका अध्यक्ष मनोज यादवले मुखियापट्टी मुसहरमिया शाखाको उद्घाटन गरेका हुन् । दुवै शाखाबाट सम्पूर्ण आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैंकको भनाइ छ ।
स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंकको भनाइ छ ।