कलैयामा लक्ष्मीको शाखा |
काठमाडौं (आपास) । लक्ष्मी बैङ्कले बुधवारदेखि बाराको कलैयामामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यो नयाँशाखासँगै बैंकले ८५ शाखा, तीन हस्पिटल सेवा काउण्टर र ९८ एटीएम काउण्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ । थप गरिएका शाखाबाट सम्पूर्ण आधुनिक बैङ्किङ सेवा सञ्चालन गरिने बैङ्कले जानकारी दिएको छ ।