सीजीको ‘एक्स्ट्रा टाइमको गोलमै छ मजा’ |
काठमाडौं (आपास) । सीजी इलेक्ट्रोनिक्सले विश्वकप फुटबलको अवसर पारेर प्रतियोगितालाई दृष्टिगत गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘एक्ष्ट्रा टाइमको गोलमै छ मजा’ नामको योजना सञ्चालन गरेको हो ।
सम्पूर्ण एलईडी टीभीमा लागू हुने उक्त योजना बुधवारदेखि नेपालभर लागू गरिएको कम्पनीले बताएको छ । उक्त योजनाअन्तर्गत सीजीका २० देखि ४३ इञ्चसम्मका कुनै पनि टीभीको खरीदमा ३० प्रतिशतसम्म नगद छूट पाउनेछन् । खरीद गरिएका टीभीमा ३ वर्षको वारेण्टी सुविधा दिइनेसमेत कम्पनीको भनाइ छ । साथै, टीभी खरीदकर्तामध्ये प्रत्येक हप्ता लक्की ड्रमार्फत एक जनाले सीजीको एलईडी टीभी प्राप्त गर्ने बताइएको छ । उक्त योजना सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।