एनआईसी एशियाको वृक्षरोपण देशभर |

काठमाडौं (आपास) । एनआईसी एशिया बैङ्कले ‘एक कर्मचारी, एक फलफूल बिरुवा’ नाराका साथ बैङ्कका सम्पूर्ण क्षेत्रीय एवम् शाखा कार्यालय प्राङ्गणमा वृक्षरोपण गरेको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर विभिन्न प्रजातिका फलफूल रोपेको बताएको छ ।
बैङ्कले विभिन्न समयमा आफ्ना देशभर छरिएर रहेका शाखा कार्यालयमार्फत विभिन्न स्कूल, अस्पताल, सरकारी कार्यालय, उद्यान, खेलकुद मैदानलगायत स्थानमा वृक्षरोपणलगायतका विभिन्न सामाजिक हितका कार्यहरू गर्दै आएको छ ।