एलजीको क्यास ब्याक अफर |
काठमाडौं (आपास) । विश्वकप फूटबल–२०१८को अवसरमा एलजीले क्यास ब्याक अफर सञ्चालन गरेको छ । कम्पनीले फूटबलका पारखीलाई दृष्टिगत गरेर उक्त योजना सार्वजनिक गरेको बताएको छ । उक्त योजनाअन्तर्गत ३१ प्रतिशतसम्म क्यास ब्याक दिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका सबै प्रकारका टीभीमा अफर लागू हुने कम्पनीले बताएको छ । अफरअन्तर्गत टीभी खरीद गर्ने ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत ४३ इञ्चको टीभी पाउने कम्पनीले जानकारी दिएको छ ।