नेपाल बैङ्कका काठमाडौंमा थप तीन शाखा |
काठमाडौं (आपास) । नेपाल बैङ्क लिमिटेडले काठमाडौंको महाराजगञ्ज, कोटेश्वर र जोरपाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कको महाराजगञ्ज शाखाको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, जोरपाटी शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोषकुमार चालिसे तथा नेपाल बैङ्कका नायब कार्यकारी अधिकृत दुर्गाराज रेग्मी एवम् कोटेश्वर शाखाको कामनपा–३२ वडाका अध्यक्ष नवराज पराजुली र बैङ्कका कामु सहायक कार्यकारी अधिकृत डिल्लिराम शर्माले उद्घाटन गरेका हुन् । थप शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको भनाइ छ ।