मुक्तिनाथ र आईएमई लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र आईएमई लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीत बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सोसम्बन्धी सहमतिपत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युुम्न पोखरेल र इन्स्योरेन्सका निमित्त महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन् ।
यो सहमतिसँगै बैङ्कका ग्राहकले आईएमई लाइफ इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सबै सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।