थवाङमा जनताको शाखा |
काठमाडौं (आपास) । जनता बैङ्कले शाखा विस्तारलाई निरन्तरता दिने क्रममा सोमवारदेखि रोल्पामा अर्को नयाँ शाखा सञ्चालन गरेको छ । थवाङ गाउँपालिका–२ मा खुलेको यो बैङ्कको १ सय १७औं शाखा होे ।
थवाङ शाखाबाट आधुनिक बैङ्किङ सेवाका साथै रेमिट्यान्स, बैङ्कासुरेन्स सेवाका साथै स्थानीय तहका सबै कारोबार गर्न सकिने बताइएको छ । थवाङ शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको भनाइ छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैङ्कले जानकारी दिएको छ ।