ग्लोबल आईएमईको एक्सटेन्सन काउण्टर फुस्रेटारमा |
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैंकले तनहुँको भानु नगरपालिका–२, फुस्रेटारमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । हाल बैंकले १ सय २९ शाखा, १ सय ३१ एटीएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजस्व सङ्कलन काउण्टर तथा ८७ शाखारहित बैंकिङ सेवामार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।