हुण्डीको कारोबार गर्ने भारतीयसहित सात जना पक्राउ | चेक रकम र नगद गरी ४ करोडभन्दा बढी बरामद
काठमाडौं । काठमाडौंमा विभिन्न व्यापारिक संस्था खोली गैरकानूनी रूपमा हुण्डीको कारोबार गर्ने भारतीय र नेपाली नागरिक गरी सात जनालाई प्रहरीले चेक रकम र नगद गरी ४ करोडभन्दा बढी रकमसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूबाट नगद रू. ५१ लाख ४ हजार ५ सय, चेक रकम रू. ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७, कारोबार गर्दा प्रयोग गरिने मोबाइल, ल्याप टप, विभिन्न कागजातहरूलगायत बरामद गरेको छ । गैरकानूनी रूपमा हुण्डीको कारोबार गरी राजस्व छली गरिरहेको भन्ने विशेष सुराकीका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले सोमवार दिउँसो काठमाडौंको न्यूरोडस्थित विभिन्न स्थानमा छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकूका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।
उनले छापा मार्ने क्रममा प्रहरीले विभिन्न बैंकका हस्ताक्षर गरी राखिएका चेक, ह्वाट्स एप, वी च्याटमा गरिएको हुण्डीको कारोबारसहितको विवरण, हुण्डी कारोबार गरिएको लेजर बूक तथा अन्य कागजातहरूसमेत बरामद गरिएको बताए । पक्राउ परेका सातै जनालाई थप अनुसन्धान प्रक्रिया शुरू गरिनुका साथै थप कारबारहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, पुल्चोक पठाइने प्रहरीले बताएको छ ।
पक्राउ पर्ने व्यक्ति र बरामद सामानहरूः
सि.नं. पक्राउ पर्ने व्यक्तिको नाम ठेगाना व्यापारिक फर्म रामद सामान
१. राहुल राय अग्रवाल काजिकामनपा–११, थापाथली, काठमाडौं नेपाल ओभर्सिज मार्केटिङ प्रालि नगदः ८ लाख २७ हजार
चेक रकमः ३ करोड १३ लाख ७४ हजार ८ सय ३६
२. राजकुमारश्रेष्ठ बलेपी–८ सिन्धुपाल्चोक (हाल स्युचाटार), इलाइट बिजनेस प्रालि, न्यूरोड नगदः ९ लाख ६७ हजार ५ सय
चेक रकमः १९ लाख
३. शिवकुमार साङ्तानी भारतको राजस्थान (हाल क्षेत्रपाटी, काठमाडौं) साग्तानी ट्रेडर्स, न्यूरोड नगदः १७ लाख ६० हजार
चेक रकमः ४ लाख
४. अरूण सावरथिया मुम्बई, भारत (हाल क्षेत्रपाटी, काठमाडौं) पूर्णलक्ष्मी इण्टरप्राइजेज, खिचापोखरी, काठमाडौं
५. रवीन्द्र चोखानी भारत, दिल्ली (हाल खिचापोखरी, काठमाडौं) पूर्णलक्ष्मी इण्टरप्राइजेज, खिचापोखरी, काठमाडौं नगदः १५ लाख ५० हजार
चेक रकमः १९ लाख ९८ हजार ७ सय ६१
६. राजकुमार सिघान्ची भारत, दिल्ली (हाल ज्ञानेश्वर, काठमाडौं) बिनिका सेल एण्ड साइन मार्केटिङ, न्यूरोड, काठमाडौं
७. जगदीश राना सरिया भारतको राजस्थान बिनिका सेल एण्ड साइन मार्केटिङ, न्यूरोड, काठमाडौं विभिन्न बैंकका २१ थान चेक बूक
पक्राउ पर्ने व्यक्तिहरूमध्ये भारतीय नागरिक अरूण सावरथिया र रवीन्द्र चोखानीले पार्टनरसिपमा पूर्णलक्ष्मी इण्टरप्राइजेज नामको व्यापारिक संस्था सञ्चालन गरी त्यस्तो अवैध व्यवसाय सञ्चालन गरेको र इण्टरप्राइजेजबाट बरामद गरिएका सामानहरू पनि उनीहरू दुवैको रहेको प्रहरीले बताएको छ । त्यस्तै, अर्का भारतीय नागरिक राजकुमार सिघान्ची र जगदीश राना सरियाले बिनिका सेल एण्ड साइन मार्केटिङ नामको व्यापारिक संस्था सञ्चालन गरी हुण्डीको कारोबार गरेको र बिनिका सेल एण्ड साइन मार्केटिङबाट बरामद गरामद गरिउका सामानहरू उनीहरू दुवैको भएको प्रहरीले बताएको छ ।