सनराइजको शाखा मार्मामा |
काठमाडौं (आपास) । बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा शाखा स्थापना गरी ग्रामीण जनतालाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यअनुरूप सनराइज बैंकले हालै अर्को एक नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले दार्चुलाकोे मार्मा गाउँपालिका–३ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैङ्कका कर्पोरेट बैंकिङ विभागका प्रमुख हरिप्रसाद आचार्यले संयुक्त रूपमा गरेका ्हुन् ।
मार्मा शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको विश्वास छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंकले बताएको छ ।