एनबी बैङ्कको झण्डा सगरमाथामा |
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याइएको छ । बैङ्कको कपन शाखाका ग्राहक जाङ्बु शेर्पाले उक्त झण्डा सगरमाथाको चुचुरोमा फहराएका हुन् ।
यसैबीच, बैङ्कको लोगो सगरमाथामा पु¥याएका शेर्पालाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले कदरपत्र हस्तान्तरण गरेका छन् ।