मेगाका थप दुई शाखा |
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकाबाट सेवा सञ्चालन शुरू गरेको हो ।
बैङ्कले दुई साताको अवधिमा १० स्थानमा नयाँ शाखा सञ्चालन गरेको छ । यी थप शाखामार्फत सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधाका साथै रकम भुक्तानीलगायत सम्पूर्ण बैङ्किङ सेवा प्राप्त गर्न सकिने बैङ्कले जानकारी दिएको छ । हालै सञ्चालनमा आएका शाखासहित बैङ्कले देशभर ९५ शाखा तथा ७४ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।