सिटिजन्सको भिसा थ्रीडी सेक्योर प्रविधि |
काठमाडौं (आपास) । सिटिजन्स बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै भिसा थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । बैंकले इण्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरीद गर्ने ग्राहकका लागि उक्त प्रविधि सञ्चालनमा ल्याएको हो ।
भिसा कार्ड इण्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि सुरक्षित मानिन्छ । यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार सुरक्षित हुने बैंकले बताएको छ ।