ठमेलमा संचालनमा आयो नेपाली घर |
आर्थिक पाटी संवाददाता
काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा पर्यटकीय होटल नेपाली घर संचालनमा आएको छ। होटलको उद्घाटन वुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् ।
करिब ४ बर्षको लागत समयमा ५ तल्ले पर्यटक स्तरिय होटल निमार्ण सम्पन्न भएको हो । काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थित यस होटलमा नेपालीकला र संस्कृतीको पहिचान सहित अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आर्कषक सजावट गरिएको छ । होटलका आवश्यक सरसमानमा नेपाली बजार प्रर्बद्धन गर्ने उदेश्यले ग्रामिण भेगका महिलाहरुले तयार गरेका उत्पादनलार्इ प्राथमिकताका साथ प्रयोगमा ल्याएको उनले बताए।
पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटलले लिएको छ । आरामदायी कोठा, द्रुतगतिमा चल्ने वाइफाई सुबिधा, फिटनेस सेन्टर, मिटिङ हल, रेस्टुरेन्ट छ।होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् । उनका अनुसार हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा छन् । यी सबै कोठा परम्परागत नेपाली कलाले बिशेष रुपमा सजिएका छन् ।