एनआईसी एशियाको शाखा पर्साको लङ्गडीमा |
काठमाडौं (आपास) । एनआईसी एशिया बैङ्कले पर्साको धोबिनी गाँउपालिका–४, लङ्गडीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले देशका सबै स्थानीय निकायमा सेवा सञ्चालन गर्ने उद्देश्यअनुरूप उक्त स्थानमा शाखा स्थापना गरेको हो । शुक्रवार आयोजित एक कार्यक्रमबीच धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
बैङ्कले बुधवारमात्रै रौतहटको चन्द्रनिगाहपुरमा शाखा सञ्चालन गरेको थियो । लङ्गडी शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको विश्वास छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैङ्कले बताएको छ । यो शाखा स्थापनासँगै बैंकको शाखा सङ्ख्या २ सय १८ पुगेको छ ।