म्याग्दीको बजेट १ अर्ब २७ करोड |
म्याग्दी (अस) । म्याग्दी जिल्लाका विभिन्न ६ ओटा स्थानीय तहका लागि १ अर्ब २७ करोड ६६ लाख बजेट विनियोजन भएको छ । उक्त बजेटअन्तर्गत जिल्लाको अति विकट मानिएका बस्तीलाई समेटेर बनाइएको धौलागिरि गाउँपालिकाले सबैभन्दा कम बजेट पाएको छ भने सबैभन्दा धेरै बजेट बेनी नगरपालिकाले पाउने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा पेश गरेको बजेटमा नगरपालिकापछि गाउँपालिकामा धेरै बजेट पाउनेमा मालिका गाउँपालिका रहेको छ । दोस्रोमा अन्नपूर्णले पाएको छ । बजेटमा म्याग्दीका महŒवपूर्ण मानिएका आयोजना समेट्ने अपेक्षा गरिए पनि नियमित बजेटभित्र समावेश गरिएको छैन ।
धौलागिरि गाउँपालिकाले जिल्लाभित्रका अन्य स्थानीय तहको तुलनामा कम बजेट विनियोजन गरेको गुनासो गरेको छ । जनमुखी र बजेटमा प्राथमिकतामा पर्ने अपेक्षा गरेका जनप्रतिनिधिले समेत जिल्लाभित्र सुगम र भौतिक पूर्वाधार रहेका क्षेत्रलाई नै बजेट प्राथमिकतामा परेको बताएका छन् ।
म्याग्दीको स्थानीय तहमा बेनी नगरपालिकालाई ३६ करोड १९ लाख, अन्नपूर्ण गाउँपालिकालाई १९ करोड ४९ लाख, धवलागिरिलाई १५ करोड ९२ लाख, मङ्गलालाई १८ करोड ११ लाख, मालिकालाई १९ करोड ७२ लाख र रघुगङ्गा गाउँपालिकालाई १८ करोड ३४ लाख रकम विनियोजन भएको छ । सबैभन्दा कम बजेट पाउनेमा प्रदेश–४ नै रहेको छ ।