सानिमाका नयाँ चार शाखा सञ्चालनमा |
काठमाडौं (अस) । सानिमा बैङ्कले देशका विभिन्न चार स्थानमा शाखा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा विस्तारका क्रममा बैङ्कले उदयपुरको गाईघाट, सप्तरीको राजविराज, इलामको माई र इलाम बजारमा शाखा स्थापना गरेको हो । ती शाखाको उद्घाटन बैङ्कका पूर्वसञ्चालक डा. सुवर्णदास श्रेष्ठ तथा ब्राण्ड एम्बेष्डर कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन् ।
ती नयाँ शाखा सञ्चालनले सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पुर्याउन शाखा विस्तारलाई जोड दिएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैङ्कले ५८ शखा, १ एक्सटेन्सन काउण्टर र ६७ एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।