दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ काठमाडौंमा | ३७ देशका प्रतिनिधि सहभागी
काठमाडौं । काठमाडौंमा दोस्रो हिमालयन ट्राभल मार्ट २०१८ शुरू भएको छ । ‘नेपाल हिमालयको प्रवेशद्वार’ नाराका साथ शुरू भएको उक्त मार्ट प्यासिफिक एशियन ट्राभल एशोसिएशन (पाटा) नेपालले आयोजना गरेको हो । मार्टमा नेपाल, बङ्गलादेश, रूस, चीन, पाकिस्तान, भुटानलगायत ३७ राष्ट्रका प्रतिनिधि सहभागी रहेको आयोजकले बताएका छन् ।
हिमालयन ट्राभल मार्टको उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवलीले नेपाल पर्यटनका लागि उकृष्ट गन्तव्य भएको बताए । पर्यटनको प्रवद्र्धनले मात्र देशको आर्थिक विकास सम्भव भएको उनको भनाइ थियो । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि मार्टले महŒवपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रमका प्रमुख वक्ता इण्टरनेशनल चाइना इन्भेष्टमेण्ट फोरमका अध्यक्ष डा. मार्कस लीले नेपालको पर्यटन विकासका लागि पूर्वाधार विकास र सशक्त बजार रणनीति आवश्यक भएको बताए । नेपालको उत्तर र दक्षिणमा ठूलो सङ्ख्यामा पर्यटक रहेको उल्लेख गर्दै उनले नेपाल पर्यटन बोर्डले हालै सञ्चालनमा ल्याएको चिनियाँ वेबसाइटले चिनियाँ पर्यटकलाई नेपालबारे जानकारी दिन सहयोग पुग्ने बताए ।
नेपालको हिमाली क्षेत्रको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्ने तथा नेपाललाई हिमाली क्षेत्रको प्रवेश मार्गका रूपमा स्थापित गर्ने उद्देश्य लिएर मार्ट आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले जानकारी दिए ।
मार्टमा विभिन्न देशबाट आएका टूर अपरेटर, चलचित्रकर्मी, ट्राभल ब्लगर्स तथा सञ्चारकर्मीलगायत गरी १ सय ६० जनाभन्दा बढीको सहभागिता रहेको आयोजक पाटाले जानकारी दिएको छ । मार्टमा विभिन्न मुलुकका ट्राभल एजेन्सीले ५४ राष्ट्रका प्रतिनिधिलाई पर्यटकीय प्याकेज विक्री गर्ने आयोजकले जानकारी दिएका छन् ।