नेपाल बैंक र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता |
काठमाडौं (आपास) । नेपाल बैंक लिमिटेड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच बैङ्किङ कारोबारसम्बन्धी सम्झौता भएको हो । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिसँगै ठूलो संख्यामा कर्मचारी विद्यार्थी संलग्न रहेको सो विश्वविद्यालयको वित्तीय कारोबारका लागि नेपाल बैंकसँगको सहकार्यले सहज भएको बताइएको छ ।